
धान खेतमा एक जीवित नवजात शिशु फेला
महोत्तरी-महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा एक जीवित नवजात शिशु फेला परेको छ।
बिहीबार भार्गेश्वर पोखरी नजिकको धानखेतमा करिब १५/१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जनाए। शिशुले हल्का निलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा भेटिएका थिए। स्थानीयवासी घाँस काट्न जाँदा खेतमा शिशु देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ। अस्पतालका अनुसार शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित अवस्थामा छन्। शिशु कसले र किन छाडेको भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टले बताए।



























https://shorturl.fm/JzLl1