
विपिनका आमा र बहिनी रितै हात घर पुगे
अमेरिकामै रिहाइका लागि पहल गरिरहेका बेला बन्धकमा रहेका विपिनको मृत्यु भएकोको खबर पाए पनि विपिन जोशीकी आमा र बहिनी घर फर्किएका छन्। हमास समूहबाट बन्धक रहेका बेला विपिन जोशीको मृत्यु भएको सोमबार पुष्टि भएको थियो। विपिनको रिहाइका लागि आमा पदमा र बहिनी पुष्पा इजरायलकै पहलमा अमेरिका पुगेका थिए।
उनीहरूले अमेरिकामा संयुक्त राष्ट्र संघका महासचिवदेखि अन्य पदाधिकारीहरूलाई भेटेका थिए। आमा र बहिनी अमेरिकामै रहेका बेला इजरायल र हमास समूहबिच युद्ध बिराम भएर बन्दीहरू छाडने क्रम सुरु भएको थियो। ‘काकी र बहिनी घर पुगेपछि शव पठाउने प्रक्रिया अघि बढ्छ भन्ने खबर आएको छ,’ विपिनका दाइ किशोरले भने, ‘शव कहिले पुग्छ भन्ने धेरै जानकारी भने आएको छैन।’ उनीहरू अव शवको प्रतीक्षामा रहेका छन्।
आमा पद्मा र बहिनी पुष्पा अमेरिका जानुअघि इजरायल पनि गएका थिए। साउन अन्तिम साता उनीहरू इजरायल पुगेर विपिनको रिहाइका लागि आयोजना गरिएको ¥यालीमासमेत सहभागी भएका थिए। इजरायलमा पनि उनीहरूले राष्ट्रपतिदेखि प्रधानमन्त्री लगायतलाई भेटेका थिए। दुई वर्षअघि अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थी विपिन इजरायल पुगेका थिए।
विद्यार्थीहरू इजरायल पुगेको एक महिना नपुग्दै अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरू मारिएका थिए भने हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए। त्यस क्रममा विपिनसहित २५१ जनालाई बन्धक बनाएर लगिएको थियो।
मारिनेमा सुदूरपश्चिमका ७ जना रहेका थिए। मृतकमा कैलाली घोडाघोडीका नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाका आशिष् चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वीका गणेशकुमार नेपाली, धनुषा सपाहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटीकै लमिखालका पदम, र सल्यान सारदाका प्रवेश भण्डारी थिए।
सेदोत नेगेभ क्षेत्रमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थी हुन्। ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ जना नेपाली विद्यार्थी इजरायल पुगेका थिए, जसमा ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए। हमासको अपहरणमा परेको दुई वर्षपछि विपिनको मृत्यु भएको खबर आएको हो। हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेर डिएनए परीक्षणबाट पनि पुष्टि भइसकेको छ



























https://shorturl.fm/OqDvE
https://shorturl.fm/BcEmW
https://shorturl.fm/AA3KU
https://shorturl.fm/ua1Kg
https://shorturl.fm/lcK9y
https://shorturl.fm/kssPW