
गायिका हेमन्त भट्टराई र गायक रेशम सापकोटाको तिहारको कोसेली ‘कन्या कुमार’ सार्वजनिक
कैलाली– तीज गीत पछि यस वर्षको तिहारको अवसरमा नयाँ कोसेलीसँगै गायिका हेमन्ता भट्टराई र गायक रेशम सापकोटाको “कन्या कुमार” नामक नयाँ देउसी भैलो म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका भट्टराई र गायक सापकोटाको स्वरमा तयार गरीएको गीतमा सम्बन्ध सापकोटाले साथ दिएका छन ।
गीतलाई हेमराज डाँगीले एरेञ्ज, मिक्स र मास्टर गरेका छन् भने अडियो महाक रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो ।
भिडियोमा रेशम सापकोटा, हेमन्ता भट्टराई, सम्बन्ध सापकोटा, सुदिक्ष्या लमिछाने, सुरेन्द्र श्रेष्ठ, पवित्रा रिजाल, रेवा आचार्य र दिपेश श्रेष्ठको अभिनय देख्न सकिन्छ। नृत्य निर्देशन सुष्मा सिंहको रहेको यो भिडियोलाई स्वयं रेशम सापकोटाले निर्देशन गरेका हुन्, निर्माता मीरा सापकोटा र सह–निर्देशक सम्बन्ध सापकोटा हुन्।
पौराणिक कथामा आधारित यो गीतमा काग तिहारदेखि भाइटीका सम्मका सबै पर्वहरूको सांस्कृतिक महत्त्व सुन्दर रूपमा चित्रण गरिएको छ। विशेषगरी काग, कुकुर र गाई पूजाका कारण र भाइटीकाको भावनात्मक सम्बन्धलाई गीतले मार्मिक रूपमा प्रस्तुत गरेको छ।
सुदूरपश्चिमकी प्रतिभाशाली गायिका हेमन्ता भट्टराईको पहिलो तिहार कोसेली रहेको यो गीतले युट्युब च्यानल *“तरेली कुन्ज”* बाट सार्वजनिक भएको केही समयमा नै दर्शकको माया र प्रशंसा बटुल्दैछ।
















https://shorturl.fm/XNfZv
https://shorturl.fm/HWPH6
https://shorturl.fm/4Yk04