
धनगढीमा दुर्घटनामा परेको बस चालक पक्राउ
Above Article Content Ad
धनगढी-धनगढीबाट पोखरा जान लागेको यात्रुबाहक बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना भएको ग २ ख १९०७ नम्बरको बसका चालक ३५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले परियारलाई समातेको बताए। यस्तै घाइतेहरुमध्ये १८ जना सामान्य उपचारपश्चात् घर फर्किएको डिएसपी सिंहले बताए।
दुर्घटनामा परेर घाइते भएका पैदलयात्री धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको भने हिजै मृत्यु भएको थियो।
Article inline ad #1
प्रहरीका अनुसार बसमा दुर्घटनामा घाइते भएका पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय विप्लव पोखरेललाई भने थप उपचारका लागि भारत पठाइएको छ। बसका सह-चालक र अन्य तीन जना घाइतेको भने धनगढीकै अस्पतालमा उपचार भइरहेको छ।
Article inline ad #2
प्रारम्भिक अनुसन्धानअनुसार बस स्कुटरलाई जोगाउने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
https://shorturl.fm/lPvFx