Above Article Ad
  • पुनर्वासमा विप्लव नेता बिक सहितका दर्जनौँ कार्यकर्ता माओवादीमा प्रवेस

    Above Article Content Ad
  • कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धन चुनावमा होमिएसंगै विभिन्न राजनीतिक दल परित्याग गरेर बाम लोकतान्त्रिक गठबन्धन दल नेकपा माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन ।

    शुक्रबार मात्रै पुनर्वास नगरपालिकाबाट नेकपा विप्लव सहितका विभिन्न दल परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा विप्लव पुनर्वासका नेता बिर्ख विक, प्रेम बहादुर विक, श्याम राना, भगिरथ राना, बल बहादुर सुनार, राम बहादुर विक, सीता विक, भरत आउजी, कुल बहादुृर सुनार, ललित विक, हस्त बहादुर विक, बिर सिह राना, रामसिह राना, बहादुर सुनार सहितका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

    Article inline ad #1
  • माओवादी प्रवेस गरेका विप्लव नेता कार्यकर्ताहरुले आफ्नै घर फर्किएर पार्टी निर्माणदेखि संविधानको रक्षा राजनीतिक स्थायित्व र दिगो विकास, सम्बृद्धिका लागि पाटी बलियो बनाउँदै बाम लोकतान्त्रिक गठबन्धन जिताउने घोषणा गरेका छन ।

    Article inline ad #2

    नेकपा माओवादी केन्द्र पुनर्वासका युवा नेता कञ्चन गिरीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय बिना मगर, बन्धु राना र दिवान सिह विष्ट जिताउनका लागि अन्य पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरिरहेको बताए ।

    विप्लव परित्याग गरेर माओवादी केन्द्र प्रवेस गरेका विक सहितका नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका पोल्टिब्यूरो सदस्य ओम पुन, माओवादी नेतृ, पुर्वमन्त्री एव बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १का प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, माओवादी नेताहरु रामदत्त भट्ट,कञ्चन गिरी, फुलन राना सहितले स्वागत गरेका छन ।-जनसरोकार पोष्टबाट

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by