
कञ्चनपुरको बेलौरीमा एक पुरुषले रेटे आफ्नै घाँटी
बेलौरी-कञ्चनपुरको बेलोरी नगरपालिका-६, रिछामा एकजना पुरुषले आफ्नै घाँटी हसियाले रेटेका छन्।
बेलौरीको रिछाका ४० वर्षीय राधे श्याम रानाले सोमबार बिहान ११ बजे हँसियाले आफ्नै घाँटी रेटेका हुन् ।
स्थानीय मनिषा रानाको साइकलमा राखेको हँसियाको प्रयोग गर्दै राधे श्याम रानाले घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।
घटनापछि स्थानीय नरेश रानाले घटनाका विषयमा इलाका प्रहरी कार्यालय बेलौरीलाई खबर गरेकाे र तुरुन्तै प्रहरी टोली घटनास्थलमा पुगेका थियो ।
घाँटी रेटेका रानालाई उपचारका लागि बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा लगिएपनि उपचार सम्भव नभएपछि धनगढी लगिएको थियो। तर अवस्था गम्भीर हुँदा त्यहाँ पनि उपचार सम्भव नदेखिएपछि साँझ ४ बजे कोहोलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको र उपचार भइरहेको डिएसपी बोहराले बताए ।
घाँटी किन रेटेका हुन् भन्ने विषय नखुलेको र प्रहरीको अनुसन्धान जारी रहेको उनको भनाइ छ।















