Above Article Ad
  • कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

    जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–१ ब्लक नम्वर १२ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायत ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। थ्यायतलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

    Article inline ad #1
  • यसैगरी लम्कीचुहा नगरपालिका–१ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई ६६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। नेपालीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

    Article inline ad #2

    यस्तै टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडकखण्डबाट टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई १ ग्राम १०० खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। मंगलवार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6