Above Article Ad
  • बेलौरी नगरपालिकाको १६ औँ हिउँदे अधिवेशन सम्पन्न

    Above Article Content Ad
  •  कंचनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाको १६ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजना तथा कार्यक्रमहरूको प्रगति, बजेट खर्च विवरण र कार्यान्वयन अवस्थामाथि गहन छलफल गरिएको थियो।अधिवेशनमा नगर प्रमुख पोति लाल चौधरीको सभाध्यक्षता भएको थियो नगर अधिवेशनमा नगरसभा सदस्य, प्रमुख प्रशासकिय अधिकृत,विषयगत शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।हिउँदै अधिवेशनमा छूटपुट भएका योजनाहरु थप,रकम शिर्षकान्तर,पालिकाका सबै वडा, र बिषयगत शाखाको अर्ध वार्षिक प्रगति विवरण नगर उप प्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको थियो। नगरभित्र हालसम्म भएका विकास निर्माणका काम, चालु योजनाहरूको उपलब्धि,नगरको समग्र विकास अवस्थाको समीक्षा गर्दै बजेटको प्रभावकारी,पारदर्शी र परिणाममुखी कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो। अधिवेशनले विकासलाई अझ व्यवस्थित, उत्तरदायी र जनमुखी बनाउन महत्वपूर्ण निर्णय गरिएको समेत उप प्रमुख चौधरीले जानकारी दिनुभयोl

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by