Above Article Ad
  • अस्ट्रेलियाका स्टिभ स्मिथले गरे एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा

    Above Article Content Ad
  • एजेन्सी : च्याम्पियन्स ट्रफीमा भारतसँग अस्ट्रेलियाको हारपछि अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।

    क्रिकेट अष्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार मंगलबार भारत विरुद्धको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा सर्वाधिक रन बनाएपछि स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

    Article inline ad #1
  • विज्ञप्ति अनुसार स्मिथले खेल लगत्तै आफ्नो सन्यासको बारेमा टोलीका सदस्यहरूलाई जानकारी गराएका थिए। स्मिथ अन्तर्राष्ट्रिय टेस्ट र टी-२० खेलका लागि उपलब्ध हुनेछन्। स्मिथले २०१० मा वेस्ट इन्डिज विरुद्ध लेग-स्पिन अलराउन्डरको रूपमा डेब्यू गरेका थिए।

    Article inline ad #2

    उनले १७० एकदिवसीय खेलमा ४३.२ को औसतमा ५८०० रन बनाए, जसमा १२ शतक र ३५ अर्धशतक समावेश छन्। यसबाहेक उनले २८ विकेट पनि लिए। स्मिथ २०१५ र २०२३ को आइसीसी विश्वकप जित्ने अष्ट्रेलियाली टोलीका सदस्य हुन्। स्मिथ २०१५ मा पहिलो पटक अस्ट्रेलियाली टोलीको कप्तान बनेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by