
पुनर्वासका पूर्व शिक्षक तथा साहित्यिक सर्जक स्वर्गीय बस्नेत प्रति श्रद्धाञ्जली अर्पण
Above Article Content Ad
पुनर्वास -गत साउन ३० गते ७२ वर्षको उमेरमा दिवंगत हुनुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका ६ निवासी पुर्व शिक्षक तथा साहित्यक सर्जक महेन्द्रबहादुर बस्नेत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
साहित्य सर्जक मोतिराम भट्टको १५९ औं जयन्ती एबं स्वर्गीय बस्नेत दिवंगत हुनुभएको ९ औं दिनको अवसर पारेर शनिबार स्वर्गीय बस्नेतकै निवासमा ज्योति सामुदायिक पुस्तकालयले शोकसभाको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जलि सभामा बस्नेत आवद्ध एकदर्जन बढी संघ संस्था,साहित्यिक समिति,साहित्य स्रजक व्यक्तित्वहरू,सुदूरपश्चिम प्रदेश कृषि,भुमि तथा सहकारी मन्त्री बिरबहादुर थापा,पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा , पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मित्र सिंह लामा लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय बस्नेतले जिवित अवस्थामा उहाँद्वारा गरिएका योगदानका बिषयमा चर्चा गरिएको थियो ।
स्वर्गीय बस्नेत पुनर्वास जनता माविका अवकाश प्राप्त शिक्षक हुनुहुन्थ्यो भने ज्योति सामुदायिक पुस्तकालयका संस्थापक सदस्य,नेपाल शिक्षक संगठन कञ्चनपुर सल्लाहकार सदस्य , नेपाल गण्डकी सामुदायिक सेवा समाज का सल्लाहकार सदस्य,जेष्ठ नागरिक समाज नेपाल सुदूरपश्चिम प्रदेश समिति ३ बर्ष सचिव तथा पुनर्वास जेष्ठ नागरिक समाज सचिव,नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा संस्थापक सभापति , त्यसतै पुनर्वासमा रहेको किसान जागरण बहुमुखी सहकारी संस्था लि का कार्यवाहक अध्यक्ष,पुनर्वास ६ मा रहेको जगतमाता कालिका मन्दिर व्यवस्थापन समिति सल्लाहकार सदस्य लगायत थुप्रै संघ संस्थामा आबद्ध बस्नेत साहित्यिक क्षेत्रमा समेत अग्रणी भुमिका निभाउदै आउनुभएको थियो ।
स्वर्गीय बस्नेतले थुप्रै धार्मिक महोत्सव,रामलिला महोत्सव लगायतमा महत्त्वपूर्ण जिम्मेवारी समेत निभाउदै आउनुभएको थियो।प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समितिमा समेत आबद्ध रहंदै आउनुभएका स्वर्गीय बस्नेतका अधुरा रहेका तत्काल प्रकाशितका लागि ४/५ वटा पाण्डुलिपि कृतिहरू तयारी अवस्थामा रहेको ज्योति सामुदायिक पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिनुभयो ।

उक्त पाण्डुलिपि कृतिहरू पुस्तकालयले छिटै नै प्रकाशित गर्ने अध्यक्ष नेपालको भनाई थियो । श्रद्धाञ्जली सभामा स्वर्गीय बस्नेतलाई सुदूरपश्चिम प्रदेश भुमि कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा,पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा एबं एक दर्जन बढि विभिन्न संघ संस्था,साहित्यिक समिति राजनितिकर्मि , जनप्रतिनिधि लगायतले हार्दिक श्रद्धाञ्जली सहितको फोटो फ्रेम शोकाकुल परिवारजनलाई प्रदान गरिएको थियो।
लम्जुङ जिल्ला कुन्छा गाउँ विकास समितिमा माता दिलमाया बस्नेत र बुवा इमान सिंह बस्नेतको माईलो छोराको रूपमा मिति २०१० माघ २० गते जन्मनुभएका स्वर्गीय बस्नेत पुनर्वास मा २०/३६ सालमा आई पुनर्वासलाई नै कर्मथलो बनाउदै आएका थिए बस्नेतका श्रीमती मुना बस्नेत तथा छोराबुहारी उपेन्द्र बस्नेत अन्जु बस्नेत , भुपेन्द्र बस्नेत मञ्जु बस्नेत रहेका छन।श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समिति सचिव चन्द्रबहादुर थापाले गर्नुभएको थियो।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














