
पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न
Above Article Content Ad
पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
पृथ्वी पशुपालन महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला बिष्टको सभाध्यक्ष तथा प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश भुमि,व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापा रहनुभएको थियो ।
कार्यक्रमको बिशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, पुनर्वास नगरपालिकाका नगर उप प्रमुख भुलिया कुमारी राना, निर्वतमान नगर प्रमुख जिवनराज थापा, पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख अधिकृत धौलाराम सार्की,कञ्चनपुर बचत तथा ऋण सहकारी संघ उपाध्यक्ष दान बहादुर रावल,सुदूरपश्चिम बचत तथा ऋण सहकारी संघका लेखा संयोजक डिल्ली प्रसाद शर्मा,कारिटास नेपालका कार्यक्रम संयोजक छेगुरा चौधरी हुनुहुन्थ्यो ।
त्यस्तै,अतिथिहरुमा साना किसान कृषि सहकारी संचालक अध्यक्ष धर्मकला पौडेल,परासन बहुमुखी सहकारी संस्थाका अध्यक्ष शकर बहादुर के.सि,साना किसान कृषि सहकारी संस्थाका लेखा संयोजक मेनुका सुवेदी,पृथ्वीबस्ती दुग्ध सहकारी संस्थाका अध्यक्ष दशरथ शर्मा,शिवशक्ति सहकारी संस्थाकी उपाध्यक्ष गंगा के.सि,पशु सेवा उपकेन्द्र परासन प्रमुख अधिकृत प्रकाश अधिकारी,जनजागरण सामुदायिक बनका अध्यक्ष लोक बहादुर कार्की,प्रहरी चौकी खया ककड प्रहरी सहायक निरीक्षक भुवन सिँह धामी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहकारी संस्थाको आर्थिक वर्ष २०८०÷२०८१ कुल ८ करोड ९९ लाख ४५हजार ४सय ४३ रुपैँया बराबरको वार्षिक आयव्य प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक वर्ष २०८१÷२०८६ मा ११करोड ५६लाख २४हजार ७८सय खर्च देखाउदा सहकारीले १८ लाख ५८ हजार ५ सय ३७ रुपैँया खुद नाफा कमाएको संस्थाकी व्यवस्थापक पुष्पा कुमारी रोकायाले जानकारी दिनुभयो ।
कार्यक्रममा बाल बचतमा उत्कृष्ट २ जना शेयर सदस्य गरी १६ जना शेयरसदस्यहरुलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मानित गरेको थियो । प्रमुख अतिथि कार्यक्रमको आसनबाट बोल्दैहुँदै सुदूरपश्चिम प्रदेशका सहकारी मन्त्री बिर बहादुर थापा सहकारीको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै यस्तै सहकारीले पुनर्वासका किसानको जिवनस्तर सुधार ल्याउनेमा निकै आशा पलाएको बताउनुभयो ।
जनजागरण सामुदायिक बनको प्राङ्गणमा भएको कार्यक्रममा शेयर सदस्यहरुको बाक्लो सहभागिता थियो भने कार्यक्रम सचालन व्यवस्थापक पुष्पा कुमारी रोकायाले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad