धनुषा- यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छभने र दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए। आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छभने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ। अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन्।साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन्। मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
https://shorturl.fm/rCLuL