Above Article Ad
  • ढाकामा सैनिक विमान दुर्घटनाः २५ बालबालिकासहित २७ जनाको मृत्यु

    Above Article Content Ad
  • ढाका-राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ।

    पहिलो एकल फाइटर फ्लाइट सञ्चालन गरिरहेका फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरलाई दुर्घटनापछि मिलिटरी अस्पताल पु¥याइए पनि बचाउन सकिएन। मंगलबार बिहान ८ बजे नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सयेदुर रहमानले मृतकको सङ्ख्या पुष्टि गर्दै २० वटा शव परिवारलाई हस्तान्तरण भइसकेको जानकारी दिए।

    Article inline ad #1
  • उनले गम्भीर रूपमा जलेका बालबालिकाका लागि प्रार्थना गर्न आग्रह गर्दै अस्पतालमा भीडभाड नगर्न जनतालाई अनुरोध गरे। ‘हामीसँग पर्याप्त रक्तदाता छन्, तर केही नेगेटिभ ब्लड ग्रुप आवश्यक पर्न सक्छ,’ उनले भने। दुर्घटनाको विवरण अनुसार, एफटी–७बीजीआई नामक लडाकु प्रशिक्षण विमानले सोमबार दिउँसो १ः०६ बजे कुर्मिटोला एयर बेसबाट उडान भरेको थियो। तर, केही मिनेटमै यान्त्रिक समस्याका कारण १ः१८ बजे विद्यालय भवनमा खसेको सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) ले जनाएको छ।

    Article inline ad #2

    बंगलादेश वायुसेनामा सन् १९९२ यता २७ वटा लडाकु र प्रशिक्षण विमान दुर्घटना भइसकेका छन्। तीमध्ये यसपटकको दुर्घटनामा सर्वाधिक जनधनको क्षति भएको बताइएको छ। यसले उडान सुरक्षाको अवस्था, पुराना विमानहरूको प्रयोग, र सैनिक क्षेत्र वरिपरिको अव्यवस्थित सहरी विस्तारप्रति गम्भीर प्रश्न उठाएको छ। एक पूर्व वायुसेना अधिकारीका अनुसार, ‘यस प्रकारको दुर्घटना कुनै नयाँ होइन, तर जनधनको हिसाबले यो सबैभन्दा भयानक हो।’

    विश्लेषकहरूका अनुसार, विमान मार्ग उल्लंघन गर्ने गरी भएको सहरीकरण र कम क्षमतायुक्त विमानको प्रयोगले यस्तो दुर्घटना निम्त्याएको हुन सक्छ। वायुसेनाले घटना अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिसकेको छ। अनुसन्धान प्रतिवेदनपछि थप विवरण सार्वजनिक गरिने आईएसपीआरले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by