Above Article Ad
  • दार्चुलाको नेपाल–चीन टिङ्कर सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने

    Above Article Content Ad
  • दार्चुला –दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ।

    चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो। नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन्।

    Article inline ad #1
  • नेपाल–चीन ताक्लाकोट नाका खुल्नेबारे त्यहाँको स्थानीय प्रशासनले आफूलाई जानकारी गराएको तथा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जानकारी गराएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीनमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले बताए। तर, प्रमुख जिल्ला अधिकारी पौडेलले भने आफूलाई तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको बताए।

    Article inline ad #2

    व्यापारीले ताक्लाकोट बजारमा व्यापार गर्ने गरेको बोहोराले बताए। नाका खुल्ने भएपछि व्यापारीले ताक्लाकोट लैजाने आआफ्ना सामान तयारी अवस्थामा राखेको बताइएको छ। ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने गरेको उनले बताए। “ताक्लाकोटमा साढे चार महिना जति खाद्य सामग्री र लुगाकपडाको व्यापार गर्छौं, सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ,” उनले भने।

    जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका १४६ र व्यास गाउँपालिकाबाहेकका अन्य पालिकाका ११ जनाले तिब्बत प्रवेश अनुमतिपत्र नवीकरण गराएका छन् भने व्यास गाउँपालिकाका ६८ र अन्य पालिकाका ३७ जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।

    नेपालतर्फ व्यास गाउँपालिका–१, टिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ। छियालेकबाट करिब छ÷सात किलोमिटर अगाडि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ पर्छ। कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका गत वर्षदेखि खुलेको हो। छाङरु र टिङ्करका व्यापारी विगतदेखि परम्परागत रूपमा सो नाका भएर आवतजावत गर्दै आइरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6