Above Article Ad
  • यी सावधानी जाडोमा आगो ताप्दा अपनाउनुस्

    Above Article Content Ad
  • जाडोको समयमा आगोले पोल्ने वा शरीर नै जल्ने घटना अत्यधिक हुन्छ। यसबाट बच्न र प्राथमिक उपचारका लागि ध्यान दिनुपर्ने कुराहरू–

    न्यानो रहन बाक्ला लुगा लगाउने र ओढ्ने गर्नुस्। जाडोमा आगो ताप्नै परे नजिक नबस्नुस्। आगो ताप्ने क्रममा खुकुलो लुगा नलगाउनुस्। बच्चा नबोक्नुस्। आगो बाल्दा मट्टितेल, पेट्रोल आदि नखन्याउनुस्।

    Article inline ad #1
  • फोहोर र प्लाष्टिक कागज आदि पदार्थलाई उचित तरिकाले विसर्जन गर्नुस्। यी वस्तु पोल्दा वा डढाउँदा प्रदूषण हुने मात्र नभई पोल्न पनि सक्छ। आगो, तातोपानी र अन्य तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्नुस्।

    Article inline ad #2

    भुईँभन्दा अग्लो तहमा खाना पकाउने गर्नुस्। खाना पकाउँदा बच्चा नबोक्नुस्। कपाल र कपडा सपक्क बाँध्नुस्। छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउनुस्।

    काम सकिएपछि आगो तुरुन्तै निभाउनुस्। ग्यास चुलो, पाइप र सिलिण्डरको नियमित जाँच गर्ने अनि काम सकिए पछि रेगुलेटर बन्द गर्न कहिल्यै नभुल्नुस्।

    ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गरिहाल्नुस्। ग्यास लिक हुँदा सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा विस्फोट हुनसक्ने हुँदा यसो नगर्नुस्।

    हावा राम्ररी आवतजावत नहुने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्नुस्। हिटर निभाएर मात्र सुत्ने गर्नुहोस्।

    आगोले पोलिहाले

    आत्तएिर दौडिनु हुँदैन। यस्तो अवस्थामा रोकिनुहोस्, भुईँमा लड्नुहोस्। अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।

    आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नुस्। त्यस पछि घाउलाई धाराको पानीमा कम्तीमा आधा घण्टा धुनुस्।

    घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुस्। अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नुन, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुस्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6