Above Article Ad
  • कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ

    आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि समाजमा गहिरोसँग जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको छाउगोठमा सुत्न बाध्य पारिएकी कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिवार राति सर्पको टोकाईबाट मृत्यु भएको हो। उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा रात बिताउन गएकी थिइन्। स्थानीयका अनुसार राति करिब १० बजेतिर असुरक्षित छाप्रोमा निदाइरहेकी कमलालाई विषालु करेत सर्पले डसेको थियो।

    Article inline ad #1
  • छाउगोठमा उनी एक्लै सुतेकी थिइन्। एकाएक सर्पले डसेपछि कमला चिच्याउन थालेपछि परिवारले घटना थाहा पाउनेबित्तिकै हो–हल्ला मच्चियो। परिवार छाउगोठसम्म पुग्दा बेहोस अवस्थामा पुगिसकेकी थिइन्, कमला। उनलाई बचाउन परिवारले हतार–हतार अटो रिक्सामा राखी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥यायो। तर आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by