कैलालीको जुगेडामा एक लाख धनराशीको भलिबल प्रतियोगिता हुने
कैलाली– सास्कृतिक र खेल पर्यटनको विकासका साथै राष्ट्रीय अन्तर्राष्टिय खेलाडी उत्पादन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१०,जुगेडामा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ गतेदेखि ३० गतेसम्म जुगेडा कप २०८० भलिबल प्रतियोगिता संचालन हुने आयोजकले जनाएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ,द्रोस्रो पुरस्कार ५५ हजार , तेस्रो पुरस्कार ३० हजार र चौथो पुरस्कार १६ हजार रहेको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको शुल्क रु. ३ हजार रहेको र उक्त टिम दर्ता भदौ २५ गतेसम्म गरिने आयोजक समितिका अध्यक्ष रबि रानाले जानकारी दिए ।
अध्यक्ष रानाले प्रतियोगितामा विगत वर्ष जस्तै नेपाल प्रहरी , शसस्त्र प्रहरी, नेपाल आर्मी का खेलाडी हरु लगायत नेपालका स्थानिय क्लब तथा खेललाइ रोमान्चक बनाउन भारतका स्थानिय क्लबहरुलाई समेत आमन्त्रण गरिने बताए ।
त्यस्तै खेलको अन्तिम दिन समापन समारोहमा रानाथारु झाकी सहित थुप्रै अन्य सास्कृतिक झाकीहरु प्रस्तुत गरिने छन र सो दिनको जनउपस्थितीका सामु खेलाडीहरुलाई अभिनन्दन र पुरस्कृत समेत आयोजकको भनाई छ ।
गत वर्षको भलिबल प्रतियोगितामा प्रथम पुरस्कार खटिमा यु.के. भारतको टिम र उप–बिजेताको पुरस्कार जुगेडाको टिमले उठाएको थियो ।