Above Article Ad
  • रविका पक्षमा हस्ताक्षर पछि खोसियो नेपालगञ्जमा कार्यरत सई खड्काको जिम्मेवारी

    Above Article Content Ad
  • पुनर्वास -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ)माथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ। ट्राफिक कार्यालय, नेपालगन्जमा कार्यरत सइ कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो।

    रास्वपाले लामिछानेमाथि प्रतिशोध भएको भन्दै देशैभरि हाल हस्ताक्षर अभियान चलाएको छ। सइ खड्काले पनि केही दिनअघि नेपालगन्जमा हस्ताक्षर गरेका थिए। युनिफर्ममै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन  थालेको हो। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले उनीमाथि छानबिन थालिएको पुष्टि गरे।

    Article inline ad #1
  • सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। सहकारीमा संलग्न नै नभएको र गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा आफूविरुद्ध मुद्दा दायर गरी थुनामा राखिएकाले उनीविरुद्ध राज्य नै लागेको आरोप रास्वपाका नेताहरूले लगाउँदै आएका छन्।

    Article inline ad #2

    सर्वाेच्च अदालतले पनि लामिछानेलाई थुनामै राख्ने आदेश दिएपछि रास्वपाले लामिछानेको न्यायका लागि हस्ताक्षर अभियान चलाएको हो। जसमा विपिन कार्की, रमेश उप्रेतीलगायत कलाकारले पनि हस्ताक्षर गरेका छन्। त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि गत शनिबार हस्ताक्षर गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6