Above Article Ad
  • पपुलर स्कुलले गर्‍यो कक्षा आठको विद्यार्थीहरुलाई बिदाई

    Above Article Content Ad
  • पुनर्वास : कंचनपुरको पुनर्वास नगरपालिका वार्ड नम्बर ११ भिमबस्तीमा अवस्थित पपुलर इङलिस बोडीङ्ग स्कुलले विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

    आफ्नो विद्यालयको पहिलो ब्याचका रुपमा रहेका कक्षा आठमा अध्यनरत विद्यार्थीहरुलाई बिदाई गरिएको स्कुलका प्रिन्सिपल दीर्घराज ओझाले बताउनु भयो ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका बाट संचालित कक्षा आठको आधारभुत तह उत्तीर्ण परिक्षा सकिए संगै बिद्यार्थीहरुको शैक्षिकसत्र सकिएको र आफ्नो विद्यालय ८ कक्षा सम्म मात्रै भएकाले उनिहरुको बिदाई गरिएको उहाले बताउनुभयो ।

    Article inline ad #2

    यस्तै कार्यक्रममा बोल्दै बिधालयको शिक्षिका सुमित्रा ढकालले आफुले नर्सरी देखि पढाएका विद्यार्थी आज कक्षा आठको परिक्षा सकेर बिदाई हुन लाग्दा केही दु:ख संगै खुशी भएको बताउनुभयो । उहाले हेर्दाहेर्दै आफ्नै काखमा हुर्काउदै पढाउदै आएका बिद्यार्थीहरुको आज बिदाई गर्नु परेको बताउदै उनिहरुको उज्ज्वल भबिश्यको कामना गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई विद्यालयका बारेमा र पढ्दै गर्दा आफुले सिकेका कुरा आफ्नो गाउँ घर सम्म सिकाउन आग्रह गर्नुभयो ।

    बिदाई कार्यक्रम बोल्दै विद्यालयका लेखापाल बिपना जोशीले विद्यार्थीहरुको आगामी पढाइ तथा जीवनको प्रगतिको कामना गर्नुभयो । यहाँबाट बिदाई भैसकेपछी पनि विद्यार्थी संग विद्यालयको नाम जोडिने भएकाले सबैले आफ्नो नाम राख्ने गरि बाकी अध्ययन गर्न उहाले आग्रह गर्नुभयो ।

    यस्तै कार्यक्रममा शिक्षक विद्यार्थीहरु बिच एकअर्का प्रती माया, सदभाब, सहयोग र सहकार्य जहिले पनि आवश्यक रहने बिद्यालयका शिक्षक दिपेन्द्र थापाले बताउनुभयो । बिद्यार्थी र विद्यालय एक अर्काको परिपुरक रहेको उहाले बताउनुभयो ।

    बिद्यार्थीको तर्फबाट बोल्दै पार्वती धामीले शिक्षकले सिकाएका विषयहरु सदैब अनुसरण गर्ने बताउनुभयो । आफू नर्सरी देखि आठ कक्षा सम्म अध्ययन गरेको बताउदै, आफू जहाँ पुगेपनी आफ्नो पहिलो पाठशाला र शिक्षकहरु साथिहरुको सदैब याद र माया रहने बताउनुभयो ।

    कार्यक्रम विद्यालयको तर्फबाट बिदाई भई जान लागेका विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । यस्तै नजिकिदै गरेको होलि पर्बको अवसरमा शिक्षक विद्यार्थीहरुले होलि समेत खेलेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by