
कञ्चनपुरको पुनर्वासमा बजार अनुगमन
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकाको आई.बी.आर.डी. र प्रतिभानगर बजार अनुगमन गरिएको छ ।
शनिबार घरेलु तथा साना उधोग कार्यालय महेन्द्रनगरको आयोजनामा बजार क्षेत्रका दर्जन बढि किराना ,होटल,दुग्ध डेरी,मार्ट लगायतमा अनुगमन गरिएको हो ।
खाद्य अधिकार सञ्जालले बजारमा देखिने म्याद नाघेका अखाद्य बस्तुहरुको नियन्त्रण गर्न घरेलु कार्यालयलाई केहि समय अघिदेखि अनुगमनका लागि आग्रह गर्दै आएकोे सञ्जाल पुनर्वासका अध्यक्ष कञ्चन गिरीले जानकारी दिनुभयो ।
बजार अनुगमन गर्ने नियमनकारी निकायहरुले समय–समय अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
अनुगमनमा उधोग वाणिज्य संघ पुनर्वासका उपाध्यक्ष लक्ष्मण थापा,खाद्य सञ्जाल पुनर्वासका अध्यक्ष कञ्चन गिरी,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्ट,नगरपालिकाका राजश्व समितिका शाखा प्रमुख कृष्ण भट्ट,अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डी.का प्रहरी सहायक निरिक्षक मुकेश सिँह लगायतका व्यक्तिहरुको सहभागिता थियो ।