Above Article Ad
  • अमेरिकाको पानामा नहरमाथीको प्रभाव र नियन्त्रण परिवर्तन आवश्यक

    Above Article Content Ad
  • काठमाडौँः अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउनुभएको छ।

    पानामाले नहरमा चीनको नियन्त्रण परिवर्तन नगरेमा अमेरिकाले नहरलाई नियन्त्रण लिन बाध्य हुने पनि रुबियोले चेतावनी दिनुभएको छ। पानामाले चीनसँगको बढ्दो साँठगाँठ कम नगरेमा अमेरिकाले आफ्नो अधिकारको रक्षाका लागि व्यापक कदम चाल्ने उहाँको चेतावनी छ। अमेरिकी विदेशमन्त्री र पानामाका राष्ट्रपति राउल मुलिनोबीच हिजो पानामा सिटीमा भएको भेटवार्तापछि यो चेतावनी आएको हो।

    Article inline ad #1
  • पानामाका राष्ट्रपति मुलिनोले पानामा नहरमा अमेरिकी कब्जाको कुनै खतरा नदेखेको बताउनुभएको छ । अमेरिकाले पानामा नहरमा चीनको प्रभाव बढेको देख्नु उसकै कमजोरी रहेको पनि मुलिनोको भनाइ छ।यसैबीच पानामामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आन्दोलन चर्किएको छ। पानामा नहर नियन्त्रणमा लिने भन्दै ट्रम्पले दिएको अभिव्यक्तिविरुद्ध पानामा देशभर प्रदर्शन भएको हो। पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो। यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ। पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ।

    Article inline ad #2

    संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरको निर्माण गरेको थियो हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन्। तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ। इन्जिनियरिङ हिसाबले निकै जटिल मानिएको यो नहर निर्माणका क्रममा २५ हजार जनाको ज्यान गएको थियो। पानामा नहर पानामा देशको अर्थतन्त्रको मुख्य स्रोत हो।

    यसबाट पानामाले वार्षिक अर्बाैं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by