
कैलालीको गोदावरीबाट लागुऔषधसहित २ युवक पक्राउ
Above Article Content Ad
धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित २ युवक पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–६ लालपुरमा लागूऔषध कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका पहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटीएको प्रहरी टोलीले सो स्थानमा गोदावरी नगरपालिका–६ लालपुर बस्ने २४ वर्षीय बाजी आउजी र २२ वर्षीय करन नेपालीलाई पक्राउ गरेको छ। उनीहरुलाई खानतलासी गर्दा नेपालीको साथबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध फेला पारी दुबै जनालाई आज बिहान ३ बजे नियन्त्रणमा लिएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad