Above Article Ad
  • पुनर्वासमा खानेपानी टङ्की बन्यो, उपभोक्ता माझ खानेपानी पुगेन

    Above Article Content Ad
  • पुनर्वास
    कञ्चनपुरको पुनर्वासमा खानेपानी टंकी निर्माण गरिएको वर्षौं बिति सक्दा समेत जनताले पानी पिउन नपाउँदा कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझैँ बन्न पुगेको छ ।

    केही वर्ष अघि पुनर्वास नगरपालिकाको वडा नम्बर ३ रामबस्ती र वडा नम्बर ६ त्रिभुवनबस्तीमा खानेपानी टंकी निर्माण भएको बर्षाैँ बिति सक्दा पनि  सञ्चालनमा आउन सकेको छैन ।
    सरकारी करोडौंको लगानीमा बनेका संरचना पनि जिर्ण अवस्थामा पुग्न लाग्दा समेत सराेकार वाला निकायले ध्यान दिएको छैन ।
    सरोकारवाला निकायले संचालनमा ल्याउन पहल नगर्दा स्थानिय उपभोक्ता माझ  शुद्ध खानेपानी पुग्न सकेकाे छैन । २ लाख २५ हजार लिटर क्षमता भएकाे खानेपानि ट्याङ्की निर्माण कार्य सम्पन्न भएकाे ४ बर्ष बिति सक्दा पनि सञ्चालनमा आउन सकेकाे छैन ।

    Article inline ad #1
  • ५ सय घर धुरी लाभान्वित हुने गरि खानेपानि तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरले आर्थिक बर्ष २०६७/६८ मा डिबि लामा तामाङ्गकाे अध्यक्षतामा उभाेक्ता समिति गठन गरी निर्माण कार्य शुरू गरीएकाे थियाे ।

    Article inline ad #2

    बनेका संरचना पनि जीर्ण बन्ने अबस्था देखिए पछि शुद्ध खानेपानी पाउने पर्खाईमा बसेका स्थानियहरु निरास भएका छन । निर्माण भएकाे बर्षाै बिति सक्दा पनि आफुहरुले खानेपानी ट्याङ्की बाट बितरण हुने पानी प्रयाेग गर्न नपाएकाे स्थानिय माेलम तामाङ्ग बताउछन ।

    शुद्ध खानेपानी पानि बितरणका लागि बनाईएकाे भवन अहिले जिर्ण अवस्थामा पुगेकाे छ । निर्माण कार्य सम्पन्न भईसक्दा पनि पानी बितरण नहुदा स्थानिय शुद्ध खानेपानी बाट बञ्चित हुनु परेकाे छ । सञ्चालन नहुदै खानेपानी उपभाेक्ता समितिकाे कार्यालय जिर्ण बन्दै जादा लज्जास्पद अवस्थाकाे सिर्जना भएकाे बताउछन पुनर्वास नगरपालिका ३ नम्बर वडाका अध्यक्ष कृष्ण बहादुर तामाङ्ग ।

    खानेपानी बितरण गर्नका लागि १० किलाे मिटर सम्म अन्डरग्राउण्ड पाईप बिछ्याउने कार्य सम्पन्न भईसकेकाे छ । राजनितिक खिचातानी र संघिय खानेपानि तथा ढल निकास कार्यालयले प्राबिधिक सहयाेग नगरेकाले काममा ढिलाई भएकाे उपभाेक्ता समितिले जनाएकाे छ ।

    स्थानिय निकायले संघिय कार्यालय सँग समन्वय गर्याे भने मात्र पानि सञ्चालन चाँडै गर्न सकिने उपभाेक्ता समितिका सचिव राजकुमार रायमाझीकाे भनाई छ ।नगरपालिकाले उपभाेक्ता समिति दर्ता नगरि दिदा सञ्चालनमा आउन ढिलाई भएकाे खानेपानी उपभाेक्ता समितिका अध्यक्ष डिबि लामा तामाङ्ग बताउछन ।
    निर्माण भएकाे संरचना नगरपालिका लाई हस्तान्तरण नभएका कारण नगरकाे ध्यानाकर्षण नभएकाे स्विकार्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीले प्रक्रियामा ल्याएर छिट्टै सञ्चालनमा ल्याईने बताए ।

    नगर भित्र सञ्चालन भएका याेजना तथा सँरचनाकाे संरक्षण तथा रेखदेख गर्ने जिम्मेवारी नगरपालिकाकाे हुन्छ तर पुनर्वास नगरपालिका भित्र खानेपानी ट्याङ्कीकाे संरचना निर्माण कार्य सम्पन्न भईसक्दा समेत सराेकार वाला निकायले बेवास्ता गर्दा शुद्ध खानेपानि बितरण कार्य शुचारु हुन सकेकाे छैन । यस प्रति सम्बन्धित निकायकाे ध्यान जान जरूरी देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by