बेलौरीमा ब्याडमिन्टन प्रतियोगिता हुने
बेलौरी । कञ्चनपुरको बेलौरीमा बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल बिद्यालयको संयुक्त आयोजनामा खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
शनिबार उग्रतारा बाल बिद्यालयको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले माघ ५ गते देखी ७ गते सम्म प्रथम उग्रतारा बिबिसि जुनियर अन्तर बिद्यालय ब्याडमिन्टन प्रतियोगिता स्तरीय माध्यमिक तह कक्षा १० सम्म र माघ १२ देखि १६ गते सहिद सप्ताहको अवसरकोमा आठौं उग्रतारा बिबिसी नगर स्तरीय खुल्ला(डबल)पुरुष ब्याडमिन्टन प्रतियोगितामा जानकारी हुने समेत जानकारी दिदै सम्पूर्ण बिद्यालयहरुलाई प्रतियोगितामा सहभागिता हुनका लागि समेत अनुरोध गर्नुभयो ।ब्याडमिन्टन क्लबले बिगतको बर्ष देखि बेलौरीमा प्रतियोगिता गर्दै आइरहेको छ।अन्तर बिधालय छात्र तर्फ बिजेता हुने टिमले नगद रु दुई हजार पाँच सय ट्रफी मेडल र प्रमाणपत्र पाउने छ।भने उपबिजेताले नगद रु दुई हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना रु एक हजार नगदसहितको पुरस्कर प्रदान गरिने र नगरस्तरिय (डबल) पुरुष प्रतियोगिता तर्फ बिजेता टिमले रु २१ हजार ट्रफी मेडल र प्रमाणपत्र उपबिजेता लाई रु ११ हजार ट्रफी मेडल प्रमाणपत्र र सान्त्वना रु पाँच हजार एक सय पुरस्करको समेत प्रदान गरिने उग्रतारा बाल बिधालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनुभयो।खेल उग्रतारा बाल बिधालयको खेल हलमा हुने समेत बताउदै अन्तर बिधालय बाट २० टिम र नगरस्तरिय ब्याडमिन्टन प्रतियोगितामा १५ वटा सम्म टिम सहभागीता को अपेक्षा गरिएको समेत बताउनुभयो।खेलमा सहभागी हुने टिमले अन्तर बिधालय तर्फ रु पाँच सय र नगरस्तरिय खेलका लागि रु २ हजार खेलमा सहभागी हुन शुल्क निर्धारण गरिरहेको छ।आगामी बर्षदेखि महिला ब्याडमिन्टन प्रतियोगिता गर्ने लक्ष्य लिएको बेलौरी ब्याडमिन्टन क्लवका अध्यक्ष श्रेष्ठले बताउनुभयो।खेलमा बेलौरी नगरपालिकामा बसोबास गर्ने र ब्याडमिन्टन खेलमा रुचि राख्ने कर्मचारीले सहभागिता जनाउन सक्ने समितिले जनाएको छ। बेलौरी क्षेत्र मा ब्याडमिन्टन प्रती खेलको रुचि बढदै गएकोले बेलौरी बजार क्षेत्र भित्र कभर्डहल छिट्टै निर्माण गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो।