
वडाध्यक्ष उम्मेदवार रोकायाको घोषणा :सेवा सुविधा वडाबासीलाई खर्चिन्छु ।
हरिलाल जोशी
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्ष उम्मेदवारले निर्वाचित भएपछि आफुले पाउने सेवासुविद्या वडाबासीको हितमा खर्चिने बताएका छन् ।
बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि वडाध्यक्षको उम्मेदवार रहेका पदम रोकायाले मेरो उम्मेदवारी शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, सुकुम्बासी समस्या लगायत वडाको समग्र विकासको लागि रहेको बताएका हुन् ।
उनले आफुले पाउने सेवा सुविधाबाट ५० प्रतिशत दलित, जनजाती, आदिबासी र पिछडावर्गका लागि शिक्षा, स्वास्थ्य र भैपरी आउने समस्यामा खर्चिने प्रतिवद्धता व्यक्त गरे ।
उनका एजेण्डा अनुसार पुनर्वास–५ मा दुई दशक देखि देखिएको सुकुम्बासी समस्या समाधानका लागि वडाबाट गर्नु पर्ने सिफारिस र सम्बन्धित निकायमा गर्नुपर्ने पहल गर्दै सुकुम्बासी समस्या समाधानमा सत् प्रतिशत कटिबद्ध भई लाग्ने तर्क दिए ।
वडाध्यक्ष पदका उम्मेदवार रोकायाले मतदाताहरुलाई अनुरोध गर्दै स्थानिय तहमा अहिले सम्म काम गर्ने अवसर पाएको छैन् । एकपटक मौका दिई हेर्नुस, हाम्रो टिमलाई विजयी गराए नगरकै मुहार फेरिने बताए ।