Above Article Ad
  • भारतमा ग्यास सिलिन्डर विस्फोट नौ जना नेपालीको मृत्यु

    Above Article Content Ad
  • धनगढी- भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

    सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् । घटनास्थलमै उनीहरूको मृत्यु भएको बताइएको छ ।

    Article inline ad #1
  • सिद्धकुमाख गाउँपालिकी–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् । यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी  ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ ।

    Article inline ad #2

    उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको अनुमान गरिएको छ ।

    हालसम्म पाँच जनाको शव फेला परेको र बाँकी शवको खोजी कार्य जारी रहेको बताइएको छ । विस्फोटका कारण शवहरू तितरवितर भएकाले सबैको औपचारिक पहिचान प्रक्रिया पूरा हुन नसकेको जनाइएको छ । घटनास्थलमा स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले उद्धार र अनुसन्धान कार्य जारी राखेका छन् ।

    एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ शोकमा डुबेको छ । गाउँभरी शोकको वातावरण छाएको छ भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् ।

    वडा अध्यक्ष मेकराज बुढाथोकीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मङ्गलबार वडा शोक सभा आयोजना गरिने जानकारी दिए। साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा शोक बिदा दिइने निर्णय गरिएको उनले बताए। रोजगारी गरेर परिवार पाल्ने सपना बोकेर विदेश गएका गाउँका नागरिक यसरी अकालमै ज्यान गुमाउनु अत्यन्त दुःखद र पीडादायी घटना भएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6