Above Article Ad
  • कञ्चनपुरको पुनर्वासका पन्थी गेट जब प्रा.लि. मार्फत स्वरोजगार सृजना गर्दै पुगे सिराहा

    Above Article Content Ad
  • कञ्चनपुर– सुदुरपश्चिमको विकट क्षेत्रका रुपमा चिनिने कञ्चनपुरको पुनर्वासमा जन्मिएका पंकज पन्थी बेरोजगारीको विकराल अवस्थामा स्वरोजगार सृजना गर्दै हिडेका छन् ।

    आजभन्दा करिब पाँच वर्ष अघि काठमाडौको न्यु बानेश्वरमा गेट जब  प्रा.लि. सञ्चालनमा ल्याई हजारौंलाई रोजगारी प्रदान गरी स्वरोजगार सृजना गर्ने उद्धेश्य बोकेका पन्थी यतिबेला रोजगार मेलाको निमन्त्रणमा सिराहा जिल्लामा पुगेका हुन् ।

    Article inline ad #1
  • आईतबार सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले आयोजना गरेको रोजगार मेला–२०८० मा रोजगारी दिने उद्धेश्यले गेटजब नेपाल प्रा.ली. पनि मेलामा सहभागिता भएको सञ्चालक पंकज पन्थीले जानकारी दिनुभयो । बढ्दो वैदेशिक रोजगारीलाई रोकी स्वदेशमै रोजगारी गर्नुपर्छ भन्ने मान्यताका साथ गेट जब प्रा.लि. अघि बढिरहेको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको एक दिने सिराहाको रोजगार मेलाबाट ५ सय जना युवायुवतीको निवेदन मध्ये गेट जब प्रा.लि. ले विभिन्न क्षेत्रमा करिब एक सय जनालाई रोजगारीमा जोड्न सफल भएको सञ्चालक पन्थीको भनाई छ ।

    Article inline ad #2

    रोजगार मेला आयोजना गर्नुभएकोमा गाउँपालिका प्रमुखलाई धन्यवाद व्यक्त गर्नुहुँदै देशभरका अन्य पालिकाहरुले पनि यस्ता स्वरोजगार मुलक कार्यक्रमलाई प्राथमिकता दिन जरुरी रहेको सञ्चालक पन्थीले बताउनुभयो ।
    त्यस्तै,मेलाको उद्घाटन गर्नुहुँदै लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले बेरोजगारी युवायुवतीहरुलाई सामान्य भएपनि रोजगारीको अवसर दिलाउने उद्धेश्यले मेलाको आयोजना गरिएको बताउनुभयो । श्रम बजारमा रहेको रोजगारीकोे मिसम्याच समस्याको समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले धारण व्यक्त गर्नुभयो ।

    सो मेलामा गेट जब प्रा.लि सहित भैरहवा, बुटबल र ईटहरीका ५ रोजगारदाता कम्पनीहरुको सहभागिता रहेको मेलामा गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले उद्घाटन गर्नुभएको थियो । भने मेलामा जनप्रतिनिधि,संघसंस्था,युवा,महिला, समाजसेवी,बुद्धिजीवी ,पत्रकार, नेता, शिक्षक तथा आम सरोकारवालाहरुको उल्लेख्य उपस्थिति थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button