Above Article Ad
  • डिभिजन बन कार्यालयको हिरासतमा बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरी

    Above Article Content Ad
  • बेलौरी- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरीलाई बन कार्यालय कञ्चनपुरले आफ्नो हिरासतमा राखेको छ ।
    वडा कार्यालयले आयोजना गरेको सरसफाई अभियानमा अनुमति बिना रुख काटेको आरोप लागेपछि आईतबार थप अनुसन्धानका लागि बन कार्यालयको हिरासतमा राखेको हो ।
    साउन १३ गते बेलौरीको छोटी भन्सार परिसरमा सरसफाईका क्रममा आँप,कटहर,टिक,जमुन लगायतका रुख काटेको विषयमा वडाध्यक्ष चौधरीका नाममा उजुरी परेको कारण उनलाई हिरासतमा राखिएको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।
    “उजुरी परेको विषयमा त्रिनगर भन्सार कार्यालय कैलालीले पनि कार्वाहीको अपिल गरेको थियो ।” बन अधिकृत यादवले भने, “तस्करी गरिरहेको भनेर भ्रामक समाचार आएको छ । त्यो गलत हो । उजुरीका आधारमा हामीले उनलाई म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखेका हौं ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Upgrade with 0% interest

  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button