Above Article Ad
  • धनगढीमा चैतन्य तेस्रो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

    Above Article Content Ad
  • धनगढी: शिक्षा र संस्कारको सङ्गमका रूपमा रहेको चैतन्य पाठशालाले यस वर्ष ‘चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ आयोजना गर्ने भएको छ।

    प्रतियोगिताको प्रमुख अतिथि ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट रहनेछन्। उक्त प्रतियोगिताको उद्घाटन एरोनोटिकक्स इन्जिनियरिङमा अन्वेषण गरिरहेका युवा वैज्ञानिक आर्यान विकको नयाँ आर्सी प्लेन उडानबाट हुने हो।पाठशालाको भगिनी संस्था ‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा हुने प्रतियोगितामा सेन्सर प्रणालीको  प्रयोग गरिनेछ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने चैतन्य पाठशालाले जनाएको छ। आयोजकका अनुसार यो प्रतियोगिता तेक्वान्दो खेलमा युवा खेलाडीको रुचि र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्दै खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

    Article inline ad #1
  • मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिमका खेलाडी हरूलाई खेलको माध्यमबाट अगाडि बढाउने चैतन्य पाठशालाको लक्ष्य रहेको र विगतका वर्षमा समेत नगर र जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको अनुभव आफूसँग रहेको चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले बताए

    Article inline ad #2

    सुदूरपश्चिम भनेको तेक्वान्दो खेलको केन्द्रको रूपमा रहेको र सुदूरपश्चिमको माटोमा जन्मेका खेलाडीको ओलम्पिक सम्मको यात्रा तय भएको समेत चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए। चैतन्यले आयोजना गर्दै आएको यो खेल नगर जिल्ला हुँदै प्रदेश स्तरमा पुगेको र आगामी खेल राष्ट्रिय स्तरको आयोजना गरिने अध्यक्ष जोशीले बताए।

    शिक्षासँगै खेलकुदका माध्यमबाट समेत सक्षम नागरिक उत्पादन गर्न सकिने भएकाले चैतन्य पाठशालाका हरेक गतिविधि समाज सँग जोडिँदै आएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए।

    यसअघि नगर र जिल्ला स्तरमा सफल प्रतियोगिता गरिसकेको डोजाङले यो पटक प्रतियोगितालाई प्रदेश स्तरमा स्तरोन्नति गरेको हो। प्रतियोगितामा करिब दुई सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि कुल सात लाख ७५ हजार रुपैयाँको अनुमानित खर्च लाग्ने बताइएको छ।

    प्रतियोगितामा भाग लिन चाहने कैलाली जिल्लाका खेलाडीको लागि दर्ता शुल्क प्रति खेलाडी पाँच सय र कैलाली बाहेक जिल्लाका खेलाडीको लागि एक हजार  तोकिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ।  प्रथम हुने समूहले  ५० हजार, द्वितीयले  ३० हजार र  तृतीय हुने समूहले  २० हजार नगद पुरस्कार पाउने छन्। त्यस्तै, ‘उत्कृष्ट प्रतिस्पर्धी ’ पुरुष तथा महिलालाई जनही  पाँच हजार पुरस्कार प्रदान गरिनेछ।

    प्रतियोगिताको मुख्य प्रायोजक दहपाल बुक्स एन्ड स्टेसनरी रहनेछ भने राज ग्रुप सह–प्रायोजकको रूपमा रहनेछ। यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ प्रवर्धकको रूपमा रहेको पत्रकार सम्मेलनमा जनाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by