Above Article Ad
  • बझाङमा ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र

    Above Article Content Ad
  • बझाङ : बझाङमा ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र परेको छ।

    जिल्लाको केदारस्युँ गाउँपालिका–९, झोता बजार र सुँडिखोलाको बिचमा रहेको भैरवनाथ इलाका वन कार्यालयको भवन विगत नौ वर्षदेखि अलपत्र अवस्थामा छ।भवन निर्माण समयमै सकिए पनि आवश्यक प्रक्रिया नपुगेका कारण भवन प्रयोगमा आउन सकेको छैन। जसले सरकारी लगानी, स्रोत र जनशक्ति दुवैलाई निरर्थक बनाएको छ।

    Article inline ad #1
  • विस २०७३ असार ३० गते तत्कालीन जिल्ला वन कार्यालयले करिब ३१ लाख ४० हजार रुपैयाँको लागतमा भवन निर्माणका लागि सम्झौता गरेको थियो। थलारा गाउँपालिका–९ का गगनबहादुर सिंहसँग गरिएको सम्झौता अनुसार भवन दुई महिनामा सम्पन्न गर्ने भनिएको थियो। काम समयमा नसकिएपछि एक वर्ष म्याद थप गरिएको थियो। म्याद भित्रै सिंहले भवन निर्माण सम्पन्न गरे पनि उजले १८ लाख मात्र भुक्तानी पाएको बताए।

    Article inline ad #2

    सिंहका अनुसार प्राविधिक प्रमाणीकरण नपुगेकाले बाँकी रकम फ्रिज भएको छ। भवन प्रयोगमा नआउँदा वन कार्यालय सैन्सुमा स्थानान्तरण भएको छ। जनताको करबाट बनेको धन यति लामो समयदेखि प्रयोगविहीन हुँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको आरोप स्थानीयको छ। केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले भवनको भौगोलिक अवस्था नै अनुपयुक्त ठाउँमा रहेको बताए। उनले भने, ‘बनाइएको ठाउँ भीरको तल छ, जुनसुकै बेला ढुङ्गा खस्न सक्छ। केही वर्षअघि त्यही भवन अगाडि ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको र त्यसपछि जनताले झन् त्यहाँ जानै छोडका छन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by