
कैलालीका शाहीको मेडिकलमा जन्डिसको सुई लगाएको दुई मिनेटमै निधन
Above Article Content Ad
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।
मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाई मेडिकल गएको बताए। शाहीले भने, ‘सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो। एकै छिनमा मृत्युको खबर सुन्न पर्यो। केही नभएको मेरो ज्वाईको मृत्यु कसरी भयो ? सुइलगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ।’
धिरजको निधन भएको केही क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन्। घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट नवनियुक्त कार्यालय प्रमुख तथा डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन्।
Article inline ad #1
घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले बताए। शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले बताए। अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























