
आजदेखि धनगढी जेसीज सप्ताह सुरु
धनगढी : आजदेखि धनगढी जेसीज सप्ताह २०२३ सुरु भएको छ । दिगो विकाश लक्ष्य प्राप्तिमा युवाको साथ हरित विश्व निर्माणमा हरित सिप विकास भन्ने मुल नारालाई सफल बनाउन सुदूरपश्चिम यूवा परिषद्को सहकार्यमा सप्ताह सुरु भएको कार्यक्रमका मुल संयोजक जेसी जनार्दन बम्मले बताए ।
साउन २० गते देखि साउन २७ गते सम्म सप्ताह व्यापी रुपमा जेसीज सप्ताह २०२३ विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ ।
सप्ताहको पहिलो दिन अर्थात् शनिबार फुटसल प्रतियोगिता सोमबार निःशुल्क दन्त शिविर २१ गते, भैरव बाबा आधारभूत विद्यालय मटियारी बिहान ११ बजे, लागुुऔषध सम्बन्धी जन चेतना धनगढीको पार्क मोड हुँदै ओम प्यालेस सम्म बिहान ८ः३० बाट र्याली, २३ गते वक्तृत्वकला प्रतियोगिता, सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ बजेदेखि सुरु गरिने धनगढी जेसीजका अध्यक्ष मोहन ओझाले बताए ।