Above Article Ad
  • पुनर्वासमा वर्षासँगै बनाएको कालोपत्रे सडक भत्किन थालेपछि…

    Above Article Content Ad
  • पुनर्वास । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको पुनर्वासमा बनाउन लागेको सडक कमजोर र गुणस्तहीन रहेको पाईएको छ ।
    गत आर्थिक वर्ष ०८१/८२को अन्तिमतिर बजेट लिने उद्देश्यले हतारहतारमा वर्षासँगै बनाएको पुनर्वास नगरपालिका- ९, बिचफाँटा क्षेत्रमा सडक भत्किन थालेको हो ।

    तीन वर्षअघि पूर्वाधार विकास कार्यालय कञ्चनपुरले बिचफाँटादेखि त्रिभुवनबस्तीसम्म उक्त सडक निर्माणका लागि शंकरजोशी भेजीलाई ठेक्का दिइएको थियो। पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष ०७९/८० मा शंकरजोशी जेभीलाई १७ किलोमिटर कालोपत्रेका लागि १६ करोड २५ लाख, १७ हजार बजेटमा ०८१ असार मसान्तभित्रै पूरा गर्नुपर्ने पहिलो सम्झौताअनुरूप ठेक्का दिइएको जनाएको छ।

    Article inline ad #1
  • ०८१ असार मसान्तभित्रै उक्त सडक निर्माण गरिसक्नुपर्ने भए पनि एक वर्ष बढी समय लगाउँदासमेत सडक पूरा निर्माण गरेर सरकारलाई जिम्मा लगाउनुको साटो ठेकेदारले गुणस्तहीन बनाउन थालेपछि जनता आक्रोशित भएका छन्। उसै पनि हरेक बजेट निर्माणका क्रममा प्रदेश सरकारलाई योजना बेचबिखन भएको स्वयं सांसदहरूले नै खुलेयाम आरोप लगाउँदै आइरहेका वेला प्रदेश सरकारले जनताबाटै संकलन गरेको करबाट निर्माण भइरहेको सडकमा अनियमितता अत्याचार भएको भन्दै आक्रोशित भएका हुन्।

    Article inline ad #2

    पुनर्वास नगरपालिका-९ का वडाध्यक्ष नरबहादुर विकले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वयविनै निर्माण गरिरहेको सडक गुणस्तहीन भएको बताए। वडाध्यक्ष सुनारले निर्माणकै छोटो समयमा भत्किन, चिरा पर्न थालेपछि सडक गुणस्तहीन भएको दाबी गरेका छन्। उनले मापदण्डअनुरूप सडक निर्माणमा जोड दिएका छन्।

    पुनर्वास नगरका मेयर तोयप्रसाद शर्माले नागरिकस्तरबाट गुणस्तहीन सडकबारे पटक-पटक गुनासो आएको बताए। मेयर शर्माले प्रदेश सरकारले पुनर्वासमा सडक निर्माण गर्दा गुणस्तर ध्यान नदिएपछि जनता आक्रोशित भएर पालिका सरकारमाथि खनिएको बताए। मेयरले गुणस्तरीय मापदण्डअनुरूप सडक निर्माणका लागि पालिका सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गरेका छन्।

    पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक गुणस्तरीय निर्माण नभए नभएकोबारे स्थलगत अनुगमन गरिने जनाएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले उक्त सडक पूरा निर्माण नभएको बताउँदै हालसम्म ७० प्रतिशत मात्रै सम्पन्न भएको बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by