Above Article Ad
  • कोटेश्वरको भाटभटेनी जोगाउने सुरक्षा गार्ड भन्छन्- मलाई डर लागेन

    Above Article Content Ad
  • काठमाडौं – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट जोगाउन ‘बहादुरी’ प्रदर्शन गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीले आफूले उक्त दिन डर नमानी लुटेराहरूसँग जुधेको प्रतिक्रिया दिएका छन् ।

    गत १५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडका क्रममा उनले लुटेराहरूको समूहसँग सामना गरेका थिए ।बुधबार उनलाई भाटभटेनी सुपरमार्केटले सम्मान गरेको छ । सम्मान कार्यक्रममा उनले आफ्नो अनुभव सुनाएका थिए ।

    Article inline ad #1
  • ‘त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । उनीहरू भित्र पसेर फलफूल, बियरका बोत्तल, वाइन सबै लिएर गए । आइसक्रिमहरू पनि लिएर गए,’ पराजुलीले सुनाए, ‘त्यसपछि लौ भएन भनेर सबै जना टिम नै मिलेर आयौं । अरु भित्रबाट लखेट्ने, अनि बाहिरबाट हामी ड्याङ कि ड्याङ हान्ने गरियो ।’

    Article inline ad #2
    आफ्नो अनुभव सुनाइरहेका पराजुलीलाई एक सञ्चारकर्मीले प्रश्न गरे, ‘तपाईंलाई डर लागेन ?’उनले जवाफमा भनेका छन्, ‘मलाई डर लागेन ।’पराजुलीका अनुसार उनले विसं २०५८ सालदेखि भाटभटेनी सुपरमार्केटमा जागिर सुरु गरेका हुन् ।

    ‘मैले जागिर खाएको २०५८ सालमा हो । मैले यहीँ जागिर खाएर जग्गा किनेँ । घर बनाएँ । त्यसपछि छोराको बिहे गरेँ । छोरा पढाएँ । गाडी किनेँ,’ पराजुलीले भनेका छन् ।

    पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनलाई बुधबार सम्मान गरिएको हो ।बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।

    उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।यस्तै सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन् ।

    भाटभटेनी सञ्चालक गुरुङले सम्मान समारोहमा बोल्दै राजावादीले भाटभटेनीमा धावा बोलेर लुट्ने काम गरेको निकै खेदपूर्ण रहेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by