
नेपाली सेनाको टोली हेलिकप्टरमार्फत म्यानमार प्रस्थान, करिब एक साता घाइतेको उपचारमा खटिने
Above Article Content Ad
काठमाडौं – सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो ।
टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।उक्त टोलीले करिब एक साता म्यानमारमा रहेर भूकम्पमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ ।समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad