Above Article Ad
  • कञ्चनपुरमा स्कुटर ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बरेली टोलस्थित भित्री सडक खण्डमा स्कुटर ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

    शनिबार भएको दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००३ प ६७३२ नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको म १ त १०२० नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा स्कुटर पछाडि सवार भीमदत्त नगरपालिका–११ का ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए।

    Article inline ad #1
  • उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    Article inline ad #2

    स्कुटर चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by