
कञ्चनपुरको पुनर्वासमा “भिजा नेसन” को दोस्रो शाखा सञ्चालन
पुनर्वास -कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका-३ आइ.बी.आर.डी. बजारमा “भिजा नेसन” कन्सल्टेन्सीको शाखा सञ्चालनमा आएको छ।
काठमाडौँको नयाँ बानेश्वर स्थित प्रधान कार्यालय रहेको कन्सल्टेन्सीले केही समय अगाडि धनगढीको उत्तरबेहेडीमा शाखा विस्तार गरेपनि शनिबार पुनर्वासको आइ.बी.आर.डी.मा दोस्रो शाखा उद्घाटन सँगै सञ्चालनमा ल्याएको हो।
कञ्चनपुरको दक्षिणी क्षेत्रलाई लक्षित गरेर कक्षा १२ पास गरिसकेका विद्यार्थीहरूले थप अध्ययनका लागि अस्ट्रेलिया, जापान, युके र युरोप लगायतका देशहरूमा जान चाहनेहरूका लागि कम लगानीमा विश्वासिलो र भरपर्दो तरिकाबाट प्रक्रिया अगाडि बढाइने सञ्चालक पंकज पन्थीले जानकारी दिनुभयो। ।
सुदूरपश्चिमका विद्यार्थीहरूको सहजताका लागि धनगढी र पुनर्वासमा शाखा विस्तार गरेका हौ। विद्यार्थीहरूले कार्यालयमा आई आफ्ना जिज्ञासाहरूसँगै शैक्षिक परामर्श, कलेज छनोट, आवेदन प्रक्रिया, भाषा तयारीदेखि अन्तर्वार्ता तालिम सम्मको विषय बुझ्न सकिने सञ्चालक पन्थीले बताउनुभयो।।















