Above Article Ad
  • टीकापुर नगरपालिकामा तालबन्दी

    Above Article Content Ad
  • टीकापुर- कैलालीको टीकापुर नगरपालिकामा तालबन्दी गरिएको छ।

    टीकापुर नगरपालिदका–१ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका हुन्।

    Article inline ad #1
  • नगर प्रमुख रामलाल डगौरा थारुले कानुनअनुसार पाउनु पर्नेले जग्गा पाउने तर तत्काल दिन नसकिने बताएका छन। जग्गा अतिक्रमण गरी बसे पनि नगरपालिकाले हटाउन नसक्ने हटाउनु परे सङ्घीय सरकारबाट मात्रै हुने उनले बताए। नगर प्रमुखको उक्त भनाइलाई विषय बनाउदै निर्वाचन ताका भोट लिने तर जग्गा दिन असहयोग गर्न लागेको आरोप लगाउँदै भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास एकता समाज नगर समन्वय समिति टीकापुरका अध्यक्ष पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै विरोध गरेबम तिए।

    Article inline ad #2

    पार्टी कामको सिलसिलमा काठमाडौंमा रहेका नगर प्रमुखको सचिवालयले नगरपालिका सुकुम्वासी समस्या समाधान गर्न सदैव लागिरहेको र भूमि आयोगले काम गरिरहेकाले तत्काल प्रदर्शन रोक्न र संवादमा आउन आह्वान गरे पनि सुकुम्वासीहरुले प्रदर्शन जारी राखेका छन्। नगर प्रहरी प्रमुख पहलबहादुर शाहले सयौको सङ्ख्यामा आएका सुकुम्वासीले कार्यालय छिर्ने चार वटै ढोकामा ताला लगाएर धर्ना दिएको र अन्तिममा मूल ढोकामा ताला लगाइ सीसा फुटाएर गएको बताए।

    टीकापुर नगरपालिकाको तथ्यांकअनुसार वडा १ मा मात्रै एक हजार ११७ भूमिहीन दलित, एक हजार ५२८ सुकुम्वासी र दुई हजार ४८० गरी पाँच हजार १२५ जनाले भूमि आयोगमा निवेदन दिएका छन्। टीकापुरको एकतानगर, विशालनगर, शिवनगर, गणेशपुर, चमेलीपुर, एकतापुर, शक्तिनगर, भूपु कर्मचारी, भूपु कमैया नामका शिविर खडा गरेर बसेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by