Above Article Ad
  • नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुग्यो

    Above Article Content Ad
  • काठमाडौं- नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ ।

    नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो।प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ ।राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ।

    Article inline ad #1
  • स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान भने ५५ प्रतिशत रहेको देखिएको छ । ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको समेत प्राधिकरणले जनाएको छ आव २०८१÷८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ ।अघिल्लो वर्षको तुलनामा ग्राहक संख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

    Article inline ad #2

    राष्ट्रिय ग्रिड पहुँच ९८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा विद्युत चुहावट ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको समेत प्राधिकरणको तथ्याङ्क छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by