Above Article Ad
  • सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

    Above Article Content Ad
  • कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ।गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरूमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन।

    बुधवार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो। निर्देशनालयका अनुसार कोभिड पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती रहेका छन्। कोभिडको परीक्षणका लागि किट नहुँदा अन्य नाकामा परीक्षण हुन सकेको छैन।

    Article inline ad #1
  • कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको उनले बताए। ‘कोभिड पुष्टि भएका तीनै जनाको ‘स्याम्पल’ टेकु पठाएका छौंँ, त्यहाँ पिसीआर परीक्षणपछि कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ’, जोशीले भने, ‘छिमेकी मुलुक भारतमा सङ्क्रमण बढिरहेको छ, खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि सङ्क्रमणको जोखिम बढेको छ।’

    Article inline ad #2

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि किट अभाव रहेको बताए। ‘गड्डाचौकी नाकाबाट नेपाल आउनेको सङ्ख्या बढेको छ, नाकामा रहेको रहेको हेल्थ डेस्कबाटसमेत कोभिड परीक्षणको किट माग भएको छ’, उनले भने, ‘हामीसँग किट छैन, हामीले माथिल्लो निकायमा माग गरेका छौं।’ कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन्।

    नाकामा हेल्थ डेस्क रहेको भए पनि कोभिड परीक्षणका लागि किट नहुँदा परीक्षण हुन सकेको छैन। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल कोभिडको लक्षण देखिएका बिरामी आउने गरे पनि परीक्षण किट अभाव हुँदा परीक्षण हुन नसकेको अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by