निरन्तरको वर्षाले पुनर्वास- बलौरीका अधिकांश क्षेत्र जलमग्न
पुनर्वास- केही दिन देखि को निरन्तर वर्षाले कन्चनपुरको पुनर्वास-बेलौरीका अधिकांश क्षेत्र जलमग्न बनेका छन् ।
जमिनको सतह भन्दा बढी अग्लो सडक बनेपछि पानीको निकास ओहोरदोहोर हुन नपाउदा धेरै जसो क्षेत्र जलमग्न बनेका हुन् ।
जलमग्नसंगै कतिपय स्थानहरुमा पानी घरभित्र पसेर घर छाड्नु परेको समेत देखिन्छ ।
पानीकै कारण पुनर्वास नगरपालिका-२ को दशरथबस्ती, पुनर्वास-५ को सिमरी,रातोताल,ग-गाउँका धेरै घरहरुमा पानी पसेको छ ।
ग-गाउँको सुन्तली बिक,तुले सुनार,करी बिक,नारायण बिक,नरी सुनार,तिपरे सुनार,जया बोहरा,पदम बोहरा,जनक बिक ,गोवर्धन बिक र बलबहादुर देउवाको घरमा पानी पसेको स्थानीय प्रकाश धामीले जानकारी दिए ।
घरमा पानी पसेपछि पुनर्वास-५ का वडाध्यक्ष पदम बहादुर रोकाया पानी निकासको लागि बिहानै स्थलगत निरीक्षणमा पुगेका थिए ।
त्यस्तै, बेलौरी नगरपालिकाका पनि सबै वडामा डुबानको समस्या देखिएको विपद फोकल पर्सन अशोक पाण्डेले जानकारी दिए ।
उनले निकास गर्न मिल्ने ठाउँहरुमा जेसिबी पठाएर पानीको निकास गराईरहेको बताए ।