
अध्यादेश र भ्रातृसंस्थाको अधिवेशनका लागि देउवाले बोलाए शीर्ष नेताको बैठक
Above Article Content Ad
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ ।
पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ ।बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
Article inline ad #1
बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।
Article inline ad #2
शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad