Above Article Ad
  • एसियन पेन्ट्स यू–१८ च्याम्पियन्स कप : पुनर्वासको SPL Academy र जीवन ज्योति मा.वि. विजेता

    Above Article Content Ad
  • धनगढी -विद्यालयस्तरीय फुटबलको विकास तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले धनगढीमा आयोजना गरिएको ‘एसियन पेन्ट्स यू–१८ पुरुष-महिला च्याम्पियन्स कपको उपाधी कंचनपुरको पुनर्वासका दुई विद्यालय च्याम्पियन बनेका छन् ।

    भदौ २७ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ एसपिएल एकेडेमी ले मिलन विद्या निकेतनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। यस्तै, महिलातर्फ जीवन ज्योति माध्यमिक विद्यालयले सिद्धार्थ माध्यमिक विद्यालयलाई ५–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

    Article inline ad #1
  • विजेता महिला तथा पुरुष टोलीलाई निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तको तर्फबाट जनही ११ हजार रुपैयाँ तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दको तर्फबाट जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

    Article inline ad #2

    महिला पुरुषलाई best player रु.२५०० /रु.२५०० , best stiger रु.२५०० best coach रु.२५०० पुरस्कारको व्यवस्था सुदुरपश्चिम प्रदेश फुटबल संघले गरेका हुन ।

    प्रतियोगिताको उद्घाटन समारोह अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीका अध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी राघवेन्द्र कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य तथा सुदूरपश्चिम फुटबल संघका महासचिव कासीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।

    विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा स्थापित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विद्यालयहरूको सहभागिता रहेको थियो।

    प्रतियोगिताबाट छनोट भएका महिला तथा पुरुष विजेता टोलीले अब सातै प्रदेशका विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। यसले सुदूरपश्चिमका विद्यालयस्तरीय खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6