Above Article Ad
  • धनगढीमा अनलाईन ठगी गर्ने पुनर्वासका एक सहित ९ जना पक्राउ , झण्डै आधा करोड बरामद

    Above Article Content Ad
  • धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेकाे आराेपमा ९ जनाकाे समूहलाई प्रहरीले पक्राउ गरेको छ। आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र दिपेन्द्र किमाडी र जिल्ला प्रहरी कार्यालय कैलालीसहितको टोलीले सो गिरोहलाई क्राउ गरेको हो।

    धनगढी उपमहानगरपालिका– ५ तारानगरमा कञ्चनपुरकाे बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारले अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित ८ जनालाई पक्राउ गरिएकाे जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए।

    Article inline ad #1
  • उनकाअनुसार पक्राउ पर्नेमा डोटीकाे शिखर नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतकाे दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतकाे उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार रहेका छन्।

    Article inline ad #2

    यस्तै भारतकाे दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरकाे पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेको डीएसपी चन्दले बताए।

    उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घटना लगायत बिषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाईनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। यस्तै यो ठगी धन्दाका मुख्य नाइके बेल्डाडीका सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ पनि बरामद भएको बुझिएको छ। बरामद गरिएका सबै नोट भारतीय रहेको र पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    प्रदेश प्रहरी अन्तरगत हालको आरआइटी टोलीले गरेको यो सबैभन्दा ठूलो अपरेसन मानिएको छ। प्रहरी सहायक निरीक्षकद्वय बिष्ट र किमाडीको कमाण्डमा केही दिन अघिदेखि मात्र आरआइटीले यसमा अनुसन्धान थालेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by