Above Article Ad
  • सरकारले दलित समुदायसँग औपचारिक रूपमा माफी माग्दै

    Above Article Content Ad
  • काठमाडौँ – सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि विगतमा राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय र विभेदप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो  घोषणा गरेको हो।

    सरकारले सार्वजनिक गरेको कार्यसूचीको बुँदा नम्बर ५ मा दलित समुदायले लामो समयदेखि भोग्दै आएको अन्याय, विभेद र अवसरबाट वञ्चित गरिएको अवस्थालाई राज्यले औपचारिक रूपमा स्वीकार गर्ने उल्लेख गरिएको छ। सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको नयाँ आधार तयार गर्नका लागि राज्यका तर्फबाट विधिवत् रूपमा क्षमायाचना गरिने सरकारको योजना छ।

    Article inline ad #1
  • यो कदमलाई मूर्त रूप दिन सरकारले आगामी १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमा याचनासहितको विशेष ‘सुधारमुखी कार्यक्रम’ घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6