Above Article Ad
  • मोहना लालझाडी सहकारीद्वारा परिचयत्मक तथा प्रथम समीक्षा कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा रहेको मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले परिचयत्मक तथा प्रथम समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

    सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो। स्वरोजगार विकास कोषले ऋण परिचालन गरेका संस्था, सदस्यहरू र सरोकारवालाहरू सँग परिचयात्मक तथा समीक्षा गरेको हो।

    Article inline ad #1
  • कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषका उप कार्यकारी निर्देशक पविन्द्र शाहीले कोषबाट ऋण लिएर सहकारीले आफ्ना शेयर सदस्यहरूको जीविकोपार्जनमा र युवाहरूलाई स्वरोजगार बनाउन निकै मेहनत गरेको बताउनुभयो ।

    Article inline ad #2

    उहाँले सहकारीलाई सल्लाह सुझाव दिनुका साथै ऋण परिचालनमा खराब स्थिति सिर्जना हुन नदिन सहकारीको मुख्य भूमिका रहेको समेत बताउनुभयो।

    यस्तै कार्यक्रममा बोल्दै मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमलता देवी गौतमले कोषबाट लिएको रकमबाट हाल ४७ जना शेयर सदस्यहरूले विभिन्न व्यवसायहरू गर्दै आइरहेको बताउनुभयो ।

    अहिले ४७ जना शेयर सदस्यहरूले फरकफरक किसिमका स्वरोजगारमूलक व्यापार व्यवसाय गर्दै आएको र समयमै आफूहरुले तिर्नुपर्ने किस्ता तिरिरहेको समेत बताउनुभयो ।
    सहकारीले कोषबाट ८० लाख रुपैयाँ ऋण लिएको छ।

    परिचयात्मक तथा प्रथम समीक्षा कार्यक्रममा स्वरोजगार विकास कोषका लेखा अधिकृत जयराज जोशी, पुनर्वास नगरपालिका १० र ११ का वडाध्यक्ष सुकदेव राना र तुलसी अर्याल, लालझाडी गाउँपालिका १ का वडाध्यक्ष प्यारेलाल राना, ऋण सदस्यहरू, पदाधिकारी, सहकारीका सदस्यहरू तथा कोषका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक रमेश रानाले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by