
यस्तो छ आँखा फरफराउनुको कारण र राहतका उपाय
एजेन्सी । आँखा फरफराउनुको कारण कुनै धार्मिक नभएर प्राकृतिक हो । आखिर आँखा केके कारणले फरफराउँछ र तत्कालै राहत पाउन के गर्नुपर्छ ? आउनुहोस् जानौं ।
स्ट्रेस
एलर्जी
जो मानिसलाई कुनै प्रकारको एलर्जी छ उनीहरुको आँखा चिलाउने र पानी आउने बाहेक फरफराउने पनि समस्या हुन्छ । यसबाट बच्न डाक्टरले दिएको औषधि तथा सल्लाहलाई मान्नुपर्ने हुन्छ ।
आँखामा समस्या
चस्मा लगाउने व्यक्तिको नम्बर बढेको बेला पनि आँखा फरफराउने समस्या हुन सक्छ । यसले आँखामा भइरहेको तनावलाई संकेत गर्छ । साथै स्क्रिनमा लामो समय बिताउँदा पनि यस्तो समस्या देखिन्छ ।
पोषक तत्व
जब मानिसको खानामा म्याग्नेशियम जस्ता पोषक तत्वको कमी हुन्छ त्यतिबेला पनि आँखा फरफराउने गर्छ । यस्तोमा खानपानमा म्याग्नेशियमयुक्त चिज समावेश गर्नुहोस् ।
क्याफिन
धेरै मात्रामा क्याफिनको सेवनले पनि आँखा फरफराउन थाल्छ । त्यसैले कफी चिया र चकलेट लगायतको सेवन सिमीत मात्रामा नै गर्नुपर्छ ।
राहतका उपाय
- आँखा चिसो पानीले धुनुहोस् यसले रगतको कोषिकाहरुमा संकुचन ल्याउँछ । यस्तो अवस्थामा बरफले सेक्न पनि सकिन्छ । जसबाट तुरुन्तै राहत पाइनेछ ।
- आँखाको कसरत गर्नाले पनि फरफराउन बन्द हुनेछ । यस्तोमा आँखालाई जोडले बन्द गर्ने र खोल्ने गरेमा पनि फरफराउने समस्या कम हुन्छ ।