Above Article Ad
  • दार्चुलाका २० हजार घरधुरीमा बिजुली

    Above Article Content Ad
  • दार्चुला: दार्चुलामा धमाधम ग्रामीण विद्युतीकरण भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो।

    यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गरेको छ। मार्माको वडा नम्बर १ र अपिहिमालको दुर्गम गाउँमा भौगोलिक विकटताका कारण काम गर्न केही ढिलाइ तथा कठिनाइ भइरहेको उनले बताए। लेकमको विकट क्षेत्र रतौडामा केही दिनपहिले ट्रान्सफर्मर राखिएको छ। महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। व्यास, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उनले भने, ‘जिल्लाभरि विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ। सबैतिर काम भइरहेकाले विद्युत् लाइनका तार र पोल अभाव भइरहेको छ।’

    Article inline ad #1
  • दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6