
दलित बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न
पुनर्वास–कंचनपुर पुनर्वास नगरपालिका–३ मा रहेको दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सरकारका भुमि व्यवस्थापक,कृषि तथा सहकारी मन्त्री माननीय बिर बहादुर थापाको प्रमुख आतिथ्यतामा संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
त्यस्तै,बिशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जिवन राज थापा हुनुहुन्थ्यो । भने अतिथिहरुमा नगरपालिकाका अधिकृत सहकारी शाखा प्रमुख धौलाराम सार्की,सुदुरपश्चिम् प्रदेश बचत तथा ऋण सहकारी सदस्य पदम शर्मा, सुदुरपश्चिम सहकारी बिभागका लेखा संयोजक दिल्ली प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारी सस्थाले आर्थिक वर्ष २०८१÷ ०८२ मा १ अरब १५ करोड कारोबार गरेको देखाएको छ । त्यस्तै सहकारीले हालसम्म २६ करोड ९६ लाखको सम्पत्ति बनाउन सफल भएको छ । भने ५लाख ८५ हजार खुद नाफा कमाएको संस्थाका व्यवस्थापक दान बहादुर रावलले जानकारी दिनुभयो ।
साधारणसभामा निवर्तमान अध्यक्ष चन्द्र बहादुर मगर, उपाध्यक्ष सेते विश्वकर्मा,संचालक यज्ञ प्रसाद कँडेल,शक्ति प्रसाद घिमिरे ,कमल मल्ल ,लेखा समिति सदस्य चण्डी प्रसाद सुवेदी सहित ४२ जना अन्य शेयर सदस्यहरुलाई प्रमाणपत्र र दोसल्ला सहित साधारणसभामा सम्मानित गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै मन्त्री बिर बहादुर थापाले एकै उद्धेश्यमा आधारित धेरै सहकारी भएकाले पनि कतिपय सहकारी ओझेलमा परेको बताउनुभयो ।
उहाँले यस सहकारीले पुनर्वास बेलौरीमा शाखा बिस्तारसँगै तेल उत्पादन लगायतको कृषि उपज तर्फ ध्यान केन्द्रित गरेका छ । यस्ता कार्यक्रमलाई प्रदेश सरकारलेपनि सर्पोट गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृषिसंगै आवद्ध सहकारीहरुले मात्रै शेयर सदस्यहरुको जिवनस्तर सुधारमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।
पुनर्वास नगरपालिका ६ स्थित शर्मा पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष कञ्चन
गिरीेले स्वागत मन्तव्य दिनुभएको थियो । भने कार्यक्रमको सञ्चालन दलित बहुउद्देश्यीय सहकारी संस्थाका संचालक सचीव राम सिंह बडुवाल र व्यवस्थापक दान बहादुर रावलले गर्नु भएको थियो ।