Above Article Ad
  • पुनर्वास सहकारी संस्थाको  ३२ औं  वार्षिक  साधारणसभा  सम्पन

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-६ मा रहेको पुनर्वास सहकारी संस्था लिमिटेडको  ३२ औं  वार्षिक  साधारणसभा  सम्पन भएको छ ।

    शुक्रबार एक भव्य समारोहका बिच भरत बहादुर बिष्टको सभाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सरकारका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननीय  बिर बहादुर थापाको प्रमुख अतिथ्यतामा  संस्थाको ३२ औं  वार्षिक साधारण सभा  सम्पन्न भएको हो ।

    Article inline ad #1
  • त्यस्तै,कार्यक्रमको बिशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका  निर्वतमान नगर प्रमुख  जिवन राज थापा, जिल्ला सहकारी प्रतिनिधि  सदस्य परशुराम बि.क.,धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निराजन  भट्टराई   हुनुहुन्थ्यो । भने अतिथिहरुमा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मित्र सिंह लामा,पुनर्वास नगरस्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शंकर बहादुर के.सी.,पुनर्वास नगरपालिकाका अधिकृत सहकारी शाखा प्रमुख धौलाराम  सार्की,नेपाल रेडक्रस सोसाइटी पुनर्वास उप-शाखाका सभापति  कृष्ण बहादुर तामाङ,एन.एम.बि.बैंक पुनर्वासका प्रमुख खगेन्द्र सिंह भाट लगायतको उपस्थिति रहेको थियो ।

    Article inline ad #2

    साधारणसभामा  सहकारीले आर्थिक वर्ष २०८०/२०८१ को आय तर्फ ८ करोड ११ लाख ६१ हजार ८ सय ३२ रुपैया रहेको  प्रतिवेदनमा उल्लेख छ।

    कार्यक्रममा आवधिक बचत उत्कृष्ट  शेयर सदस्य चमेलि कुमारी श्रेष्ठ,किरण कुमार प्रधान,सलमान तामाङ,धन कुमारि तामाङ, रामचन्द्र सेडाई,भिम कुमारी शर्मा ,त्यस्तै गुणस्तरीय बढि दुग्ध बिक्री गर्ने भक्त राज ओझा,रण बहादुर बोगटी र शेयर १००को२५०कित्ताका वृद्धि गर्नु हुने सन्जु  शर्मा भण्डारी ,तेज बहादुर बोगटी,दयाराम सापकोटालाई  झोला , प्रशंसा पत्र सहित सम्मानित गरिएको   थियो।

    प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै मन्त्री बिर बहादुर थापाले कृषिसंगै आवद्ध सहकारीहरुले शेयर सदस्यहरुको जिवनस्तरमा महत्त्वपूर्ण भुमिका खेल्ने र सहकारीको  प्रगतिको शुभकामना व्यक्त गर्दै  सो सहकारी क्षेत्र भित्र पुनर्वासका किसानको जिवनस्तरमा निकै सुधार हुने आशा पलाएको बताउनुभयो ।

    पुनर्वास सहकारीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागी थियो भने कार्यक्रम संचालन व्यवस्थापक एक कुमार श्रेष्ठले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button